Loksewa

परिचय

 à¤µà¤¿.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.) लोक सेवा आयोगको स्थापना भएको हो । à¤¸à¥à¤¥à¤¾à¤ªà¤¨à¤¾ कालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दै आइरहेको छ । नेपालको संविधानमा निजामती सेवानेपाली सेनानेपाल प्रहरीसशस्त्र प्रहरी बलनेपाल र अन्य संघीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।

गठन

नेपालको संविधानको धारा २४२ अनुसार नेपालमा लोक सेवा आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । अध्यक्ष र सदस्यको पदावधी नियुक्ती भएको मितिले ६ वर्षको हुनेछ । अध्यक्ष र सदस्यलाई संविधानको धारा १०१ अनुसार महाभियोगको प्रस्ताव पारित भएमा एवं शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा पदबाट हटाउन सकिनेछ ।

कामकर्तव्य र अधिकार

नेपालको संविधानको धारा २४३ अनुसार लोक सेवाको कामकर्तव्य र अधिकार निम्नानुसार रहेका छन् :

(१)    à¤¨à¤¿à¤œà¤¾à¤®à¤¤à¥€ सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ ।

स्पष्टीकरण : यस धाराको प्रयोजनका लागिनिजामती सेवाको पदभन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलनेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ ।

(२)    à¤¨à¤¿à¤œà¤¾à¤®à¤¤à¥€ सेवाको पद बाहेक नेपाली सेनानेपाल प्रहरीसशस्त्र प्रहरी बलनेपालअन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।

स्पष्टीकरण : यस धाराको प्रयोजनका लागिसंगठित संस्थाभन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थानकम्पनीबैंकसमिति वा संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोगसंस्थानप्राधिकरणनिगम,प्रतिष्ठानबोर्डकेन्द्रपरिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्था सम्झनु पर्छ ।

(३)    à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ सेनानेपाल प्रहरीसशस्त्र प्रहरी बलनेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ ।

(४)    à¤•à¥à¤¨à¥ˆ संगठित संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ ।

(५)    à¤¨à¥‡à¤ªà¤¾à¤² सरकारबाट निवृत्तिभरण पाउने पदमा लोक सेवा आयोगको परामर्श विना स्थायी नियुक्ति गरिने छैन ।

(६)    à¤¦à¥‡à¤¹à¤¾à¤¯à¤•à¤¾ विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ :

(क) संघीय निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,

(ख) संघीय निजामती सेवा वा पदमा नियुक्तिबढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा,

(ग)  à¤¸à¤‚घीय निजामती सेवाको पदमा छ महीनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,

(घ)  à¤•à¥à¤¨à¥ˆ एक प्रकारको संघीय निजामती सेवाको पदबाट अर्को प्रकारको संघीय निजामती सेवाको पदमा वा अन्य सरकारी सेवाबाट संघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा वा कुनै प्रदेशको निजामती सेवाको पदबाट संघीय निजामती सेवाको पदमा वा संघीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,

(ङ)  à¤²à¥‹à¤• सेवा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई लोक सेवा आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा र

(च)  à¤¸à¤‚घीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।

(७)    à¤‰à¤ªà¤§à¤¾à¤°à¤¾ (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि धारा १५४ बमोजिमको न्याय सेवा आयोगको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ ।

(८)    à¤²à¥‹à¤• सेवा आयोगले आफ्नो कामकर्तव्य र अधिकार मध्ये कुनै कामकर्तव्य र अधिकार आयोगको अध्यक्ष वा कुनै सदस्य वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।

(९)    à¤²à¥‹à¤• सेवा आयोगको अन्य कामकर्तव्य र अधिकार संघीय कानून बमोजिम हुनेछ ।

प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था

नेपालको संविधानको धारा २४४ मा प्रादेशिक लोक सेवा आयोग सम्बन्धी देहाय अनुसारको व्यवस्था गरिएको छ :

(१)    à¤ªà¥à¤°à¤¤à¥à¤¯à¥‡à¤• प्रदेशमा प्रदेश लोक सेवा आयोग रहनेछ ।

(२)    à¤ªà¥à¤°à¤¦à¥‡à¤¶ लोक सेवा आयोगको गठनकामकर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ ।

(३)    à¤‰à¤ªà¤§à¤¾à¤°à¤¾ (२) को प्रयोजनका लागि संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ ।

छनौटको प्रक्रिया

लोक सेवा आयोग ऐन२०६६ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ ः

क) लिखित परीक्षा,

ख) प्रयोगात्मक परीक्षा,

ग) अन्तर्वार्ता र

घ) आयोगले तोकेका अन्य तरीकाहरु ।

उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले बार्षिक कार्यतालिका तयार गर्दछ । जसमा रिक्त पदहरुको प्रतिशत निर्धारण देखि विभिन्न चरणमा हुने छनौट प्रकृयाहरुको बिवरण समेत उल्लेख हुन्छ ।

सम्बन्धित निकायवाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भए पछि लोक सेवा आयोगले सम्वन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि पदसंख्या निर्धारण गर्ने गर्दछ । यसरी पदसंख्या निर्धारण भैसकेपछि आयोगको वेवसाइट साप्ताहिक रुपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा खुलातर्फ आन्तरिक प्रतियोगितात्मक परीक्षा हुनेतर्फ २१ दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगका क्षेत्रीय निर्देशनालयअञ्चल कार्यालय र दरखास्त व्यवस्थापन केन्द्रबाट विज्ञापित पदको अनलाइन दरखास्त संकलन गरिन्छ ।  à¤µà¤¿à¤œà¥à¤žà¤¾à¤ªà¤¿à¤¤ पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा सामेल à¤¹à¥à¤¨ पाउने प्रवेश पत्र जारी गरीन्छ ।

छनौट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्नको लागि आयोगले प्रश्नपत्र निर्माणप्रश्नपत्र परिमार्जनउत्तरपुस्तिका परीक्षणअन्तर्वार्ता संचालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका बिषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ ।

उक्त कार्यहरु सम्पादन गर्ने क्रममा सम्वन्धित सेवा समूह र पदको परीक्षा संचालनको लागि आवश्यक पर्ने प्रश्नपत्रहरु निर्माण गर्न सम्वन्धित विषयका दक्षलाई पठाइने र गोप्य शीलवन्दी रुपमा प्रश्नपत्रको सेट प्राप्त हुनेउक्त कच्चा प्रश्नपत्रका सेटहरु मध्ये पुनः सोही बिषयका अर्को दक्षलाई वोलाई कम्तीमा ५ सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै संकेत नम्वर दिई राखिने र परीक्षा संचालनको समयमा उक्त सेटहरुमध्ये आयोगका माननीय à¤…ध्यक्षवाट संकेत नम्वरका आधारमा छनौट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ ।

लिखित परीक्षा संचालन पछि प्राप्त भएका समपूर्ण उत्तरपुस्तिकाहरुमा परीक्षा संचालन शाखाले प्रथम कोड राख्ने र दोश्रो कोड राख्नका लागि अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने प्रचलन रहेबाट परीक्षामा उच्चतम गोप्यता कायम हुने गरेको छ । यसरी दोश्रो कोड पछि प्राप्त उत्तरपुस्तिकाहरु माननीय à¤…ध्यक्षले तोकेका सम्वन्धित बिषयका दक्ष/विशेषज्ञहरुलाई परीक्षणको लागि पठाइन्छ । परीक्षण पछि प्राप्त भएका उत्तरपुस्तिकाहरुको प्राप्ताङ्क टेवुलेशन गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरीन्छ । अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुलाई सम्वन्धित बिषयका दक्ष समेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अंक अर्कोले नदेख्ने गरी गोप्य रुपमा दिने गरिन्छ । यस्तो प्राप्ताङ्क उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोलिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अंक अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ ।

लोक सेवा आयोगले प्रश्नपत्र निर्माणप्रश्नपत्र परिमार्जनउत्तर पुस्तिका परिक्षणअन्तर्वार्तामनोबैज्ञानिक व्यक्तित्व परीक्षणपाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित बिषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको छ । आयोगले उनीहरुलाई गोप्यरुपवाट कुनै खास प्रकारको छनौट कार्यको लागि तोक्ने गर्दछ । आयोगले निश्चित पदहरुजसमा उम्मेदवार बढी संलग्न हुन्छन् त्यसमा Screening Test à¤•à¥‹ प्रक्रिया प्रारम्भ गरिसकेको छ । यसबाट प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुनेहरु मात्र मूल परीक्षामा संलग्न हुन पाउने व्यवस्था गरेको छ ।

खुला प्रतियोगितावाट उम्मेदवारको अन्तिम छनौट भएपछि नियुक्तिका लागि राजपत्रांकित पदको निजामती सेवाको पद भएमा सामान्य प्रशासन मन्त्रालय र छुट्टै ऐन नियम अन्तरगतका पद भएमा त्यस्तो सेवा संचालन गर्ने निकायमा सिफारिश गर्ने व्यवस्था रहेको छ भने राजपत्र अनंकित पदको हकमा र्सवप्रथम उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्नु पर्ने र एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेकोमा माथिलो योग्यताक्रममा रहेकोलाई पहिले सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ । नियुक्तिका लागि सम्वन्धित निकायमा सिफारिश पत्र पठाउंदा सम्वन्धित उम्मेदवारको दरखास्त फाराम एक प्रति र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरु समेत पठाउनु पर्ने व्यवस्था छ ।

सुरक्षा निकायहरु तथा अन्य सरकारी सेवा/संगठित संस्थाहरुको हकमा प्रतिशत निर्धारण देखि लिखित परीक्षा सञ्चालन गर्ने सम्मको कार्यहरु माथि उल्लेखित प्रक्रियाहरु अनुरुप नै सम्पन्न गर्ने गरिन्छ ।

१. नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?

 à¤¨à¥‡à¤ªà¤¾à¤²à¤•à¥‹ संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त  à¤¹à¥à¤¨à¥‡à¤›à¤¨à¥ भन्ने उल्लेख गरिएको छ ।

 à¥¨. लोक सेवा आयोगका काम, कर्तव्य र अधिकार के–के हुन् ?
नेपालको संविधानको धारा २४३ मा आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छ : 

(१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ ।

स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि "निजामती सेवाको पद" भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ ।  

(२) निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।  

स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि "संगठित संस्था" भन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक, समिति वा संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्था सम्झनु पर्छ । 

(३) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ । 

(४) कुनै  à¤¸à¤‚गठित संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ । 

(५) नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा लोक सेवा आयोगको परामर्श विना स्थायी नियुक्ति गरिने छैन । 

(६) देहायका विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ :– 

   (क)      संघीय निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,

   (ख)      संघीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा, 

   (ग)      संघीय निजामती सेवाको पदमा छ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उमेदवारको उपयुक्तताको विषयमा, 

   (घ)      कुनै एक प्रकारको संघीय निजामती सेवाको पदबाट अर्को प्रकारको संघीय निजामती सेवाको पदमा वा अन्य सरकारी सेवाबाट संघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा वा कुनै प्रदेशको निजामती सेवाको पदबाट संघीय निजामती सेवाको पदमा वा संघीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा उमेदवारको उपयुक्तताको विषयमा, 

   (ङ)      लोक सेवा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई लोक सेवा आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा, र 

   (च)      संघीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायको  à¤µà¤¿à¤·à¤¯à¤®à¤¾ ।

(७) उपधारा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि धारा १५४ बमोजिमको न्याय सेवा आयोगको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ ।

(८) लोक सेवा आयोगले आफ्नो काम, कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य र अधिकार आयोगको अध्यक्ष वा कुनै सदस्य वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ । 

(९) लोक सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार संघीय कानून बमोजिम हुनेछ । 

 

३. नेपालको संविधानले लोक सेवा आयोगको के कस्तो संरचनात्मक ढाँचाको व्यवस्था गरेको छ ?

नेपालको संविधानले लोक सेवा आयोगको संघीय र प्रादेशिक स्वरुपको व्यवस्था गरेको छ । जस अनुसार नेपालको संविधानको धारा २४२ मा नेपालमा लोक सेवा आयोग रहनेछ भन्ने व्यवस्था रहेको छ । त्यसै गरी धारा २४४ ले प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने प्रावधान राखेको छ । प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ भनी मार्ग निर्देश गरेको छ । यसरी संघीय संसदले बनाएको कानूनले निर्धारण गरेको आधारभूत मूल्य, मान्यता, पद्धति, सामान्य सिद्धान्त लगायतको परिधिभित्र रही प्रदेश लोक सेवा आयोगले आफ्नो कार्यक्षेत्रभित्रका कार्यहरु स्वायत्त रुपमा सम्पादन गर्ने परिकल्पना वर्तमान संविधानले गरेको छ । संघीयताको कार्यान्वयनको चरण सँगसँगै यी कानून, नीति र संरचनाहरु क्रमिक रुपले स्थापित हुने छन् । 

 

४.लोक सेवा आयोगले के–कस्ता निकायहरुका रिक्त पदहरुको लिखित परीक्षा लिने व्यवस्था छ ?

नेपालको संविधानमा भएको प्रावधान अनुसार देहायका निकायहरुमा रिक्त रहेका पदहरुमा लोक सेवा आयोगले लिखित परीक्षा सञ्चालन गर्दछ । 

·         निजामती सेवाका पदहरु 

·         नेपाली सेना

·         नेपाल प्रहरी

·         सशस्त्र प्रहरी बल, नेपाल

·         संघीय सरकारी सेवाका पदहरु

·         संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्थाहरु

·         नेपाल सरकारको पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक तथा समितिहरु

 

६.निजामती सेवा भनेको के हो ? यसमा के कस्ता सेवाहरु रहेका छन् ?

नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकरणमा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ भनी उल्लेख गरिएको छ साथै निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठन भएका सेवालाई निजामती सेवा भनिन्छ । ती सेवाहरु निम्नानुसार छन् :–

 

·         नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा

·         नेपाल कृषि सेवा

·         नेपाल परराष्ट्र सेवा

·         नेपाल लेखापरीक्षण सेवा

·         नेपाल विविध सेवा

·         नेपाल इञ्जिनियरिङ्ग सेवा

·         नेपाल न्याय सेवा

·         नेपाल प्रशासन सेवा

·         नेपाल वन सेवा

·         नेपाल à¤¶à¤¿à¤•à¥à¤·à¤¾ सेवा

 

      सोही ऐनको दफा १६(३) अनुसार परीक्षण काल र दफा १० को उम्मेदवार हुनको लागि अयोग्यताको खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (३) को प्रयोजनको लागि “निजामती सेवा भन्नाले संसद सेवा र नेपाल स्वास्थ्य सेवा समेतलाई बुझाउँदछ” भन्ने व्यवस्था रहेको छ ।

७.निजामती सेवामा कुन–कुन आधारबाट पदपूर्ति गरिन्छ ?

सेवा सम्बन्धित ऐन, नियमावलीमा व्यवस्था भए अनुसार निजामती सेवामा पदपूर्ति मुख्यतः दुई आधारमा गरिन्छः खुला प्रतियोगिता र बढुवाद्वारा । 

(क)खुला प्रतियोगिता : सार्वजनिक रुपमा विज्ञापन आह्वान गरी सेवा प्रवेश गर्न इच्छुक र योग्य उम्मेदवारहरुलाई खुला तथा समावेशी आधारमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने व्यवस्था खुला प्रतियोगिता हो । 

(ख)बढुवा : बढुवा भन्नाले सेवा, समूहभित्र निकटतम तल्लो पदमा कार्यरत कर्मचारीहरुमध्येबाट नै प्रतियोगितात्मक लिखित परीक्षा एवं सेवा, समूहसँग सम्बन्धित ऐन, नियमावलीमा व्यवस्था भएबमोजिमका आधारहरु बमोजिम कार्यक्षमता,ज्येष्ठता र कार्यसम्पादन तथा अनुभव आदिको आधारमा पदपूर्ति हुने व्यवस्था हो । यस अन्तर्गत देहायका आधारहरु उल्लेख गरिएका छन् :–

(अ)आन्तरिक प्रतियोगिता : एउटै सेवा, समूह भित्रका, निकटतम तल्लो पदमा सेवारत कर्मचारीहरुमात्र उम्मेदवार हुन पाउने गरी विज्ञापन आह्वान गरी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने व्यवस्था नै आन्तरिक प्रतियोगिता हो । खुला र आन्तरिक प्रतियोगिताद्वारा पूर्ति हुने पदहरुमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने गर्दछ ।

(आ)ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन : सम्बन्धित सेवा समूह भित्र सेवारत कर्मचारीहरुको सेवा अवधि तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा फाइल बढुवाद्वारा पदपूर्ति हुने व्यवस्था नै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा हो ।

(इ)कार्यक्षमताको मूल्याङ्कन : सम्बन्धित सेवा समूह भित्र सेवारत कर्मचारीहरुको कार्यसम्पादन सम्वद्ध कार्यक्षमताको मूल्याङ्कनको आधारमा फाइल बढुवाद्वारा पदपूर्ति हुने व्यवस्था नै कार्यक्षमताको मूल्याङ्कनका आधारमा हुने बढुवा हो ।

(ई)कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने समायोजनद्वारा : सेवाभित्र कार्यरत कर्मचारीहरुबाट शैक्षिक योग्यता, अनुभव, लगायतका विभिन्न आधारमा गरिने बढुवा यस अन्तर्गत पर्दछ ।

 

उपरोक्तानुसार उल्लेख गरिएका आधारहरुमा निजामती सेवा ऐन, २०४९ अनुसार निजामती सेवाको पदहरुमा खुला र बढुवातर्फ कार्यक्षमताको मूल्याङ्कनद्वारा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा पदपूर्ति गरिन्छ । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार स्वास्थ्य सेवाका पदहरुमा र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन २०६४, अनुसार व्यवस्थापिका संसद सेवाका पदहरुमा खुला र बढुवातर्फ कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगितात्मक परीक्षा तथा कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा पदपूर्ति गरिन्छ ।

 

८.लोक सेवा आयोग सम्बन्धी विषयमा आवश्यक जानकारीहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ?

 

लोक सेवा आयोगले गर्ने नियमित कार्यहरु माग संकलन, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, लिखित परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा प्रकाशन, अन्तर्वार्ता तथा सिफारिश र सोसँग सम्बन्धित कार्यहरु तथा लोक सेवा आयोगका निर्णयहरु, प्रकाशनहरु, FAQ लगायतका सूचनाहरुका सम्बन्धमा निम्न माध्यमबाट जानकारी प्राप्त गर्न सकिन्छ । 

·         लोक सेवा आयोगको Website: www.psc.gov.np

·         लोक सेवा आयोगबाट साप्ताहिक रुपमा प्रकाशन हुने बुलेटिन,

·         गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको हरेक बुधबारका अंकहरु तथा अन्य दिनका अंकहरुमा समेत विशेष सूचनाको रुपमा छपाइ भएका लोक सेवा आयोगका सूचनाहरु,

·         लोक सेवा आयोगबाट त्रैमासिक रुपमा प्रकाशन हुन समाचारपत्र,

·         रेडियो नेपालबाट हरेक बुधबार राती ९ः०० बजेको समाचारपछि ९.१५ मा प्रशारण हुने लोक सेवा आयोगको सूचना,

·         आयोगको केन्द्रीय कार्यालयमा रहने प्रवक्ता तथा सहायक प्रवक्ता,

·         सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना प्राप्त गर्न केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा दरखास्त व्यवस्थापन केन्द्रका सूचना अधिकारीहरु ।

 

 à¥¯.आयोगबाट हुने विज्ञापनहरुमा दरखास्तको लागि सम्भाव्य उम्मेदवार हुनका लागि उमेरको हदसम्बन्धी कस्तो व्यवस्था गरिएको छ ? यसलाई कसरी गणना गरिन्छ ?

 

उम्मेदवारहरुको उमेरको गणना सेवागत रुपमा फरक फरक हुने भएकोले संक्षेपमा देहायबमोजिम उल्लेख गरिएको छ । 

      १) निजामती सेवा र व्यवस्थापिका संसद सेवा तर्फ

          à¤¦à¤°à¤–ास्त दिनको लागि सम्भाव्य उमेर गणनाः (खुलातर्फ)

                (क) राजपत्र अनंकित श्रेणी र श्रेणीविहीन तर्फका पद (जस्तैः खरिदार, नायब सुब्बा वा सो सरह)

                       à¤¦à¤°à¤–ास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको)

                (ख) राजपत्रांकित तर्फका पद (जस्तैः शाखा अधिकृत, उपसचिव र सहसचिव वा सो सरह)

                       à¤¦à¤°à¤–ास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको) तर उपसचिव र सहसचिवको पदका लागि                                      à¤–ुलातर्फको हकमा अधिकतम उमेरको हद ४५ वर्ष तोकिएको छ ।

      २) स्वास्थ्य सेवा तर्फ : सहायकस्तरका पद (तह ४ र ५) को लागि न्यूनतम १८ वर्ष र अधिकतम ४५ वर्ष तोकिएको छ भने अधिकृतस्तरका पद (तह ६ देखि माथि) को लागि न्यूनतम २१ वर्ष र               अधिकतम ४५ वर्ष तोकिएको छ ।

 

निजामती सेवा, व्यवस्थापिका संसद सेवा तथा स्वास्थ्य सेवामा स्थायी बहालवाला कर्मचारीको हकमा उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ । यस्ता कर्मचारीले दरखास्तसाथ आफू स्थायी रुपमा कार्यरत रहेकोे प्रमाण पुग्ने कागजात पेश गर्नु पर्दछ । दरखास्त फाराममा पनि सो सम्बन्धी विवरण भरी सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराउनु पर्दछ ।

 

१३.आयोगको विज्ञापन र विज्ञापनमा उल्लेखित सेवा, समूहका पदमा दरखास्त दिनुपूर्व कुन कुन कुरामा ध्यान दिनुपर्दछ ?

आयोगबाट वार्षिक कार्यतालिकामा निर्धारण भए बमोजिमका आधारमा विभिन्न श्रेणी÷तह, सेवा, समूह, उपसमूहका पदका लागि विज्ञापन प्रकाशन गर्ने गरिन्छ । यसरी प्रकाशित भएका विज्ञापनका विषयमा दरखास्त दिने उम्मेदवारहरुले पर्याप्त जानकारी राख्ने र विज्ञापनमा उल्लेखित विषयलाई गहन तवरले आद्योपान्त अध्ययन गर्नु अत्यावश्यक हुन्छ ।  à¤¦à¤°à¤–ास्त पेश गर्नुपूर्व ध्यान पु¥à¤¯à¤¾à¤‰à¤¨à¥ पर्ने मुख्य मुख्य विषयहरु देहायअनुसार छन् :

·         सर्वप्रथम दरखास्त दिने सम्बन्धमा कुन पदको विज्ञापन कुन समयमा हुन्छ भन्ने विषयमा जानकारी राख्ने । यस्तो जानकारी आयोगको धभदकष्तभस् धधध।उकअ।नयख।लउ मा रहेको वार्षिक कार्यतालिकाबाट पाउन सकिन्छ । कार्यतालिका स्वीकृत भएपछि आर्थिक वर्षको शुरु महिनामै गोरखापत्रमा पनि प्रकाशित गरिन्छ । साथै आयोगबाट हुने प्रकाशनहरुमा पनि समावेश गरिएको हुन्छ ।

·         विज्ञापन खुलेपछि विज्ञापनमा उल्लेखित देहायका विवरणलाई सुक्ष्म रुपमा अध्ययन गर्नुपर्दछ ः

·         दरखास्त दिनको लागि न्यूनतम÷अधिकतम उमेरहद र उमेरहद नलाग्ने भएमा के कस्तो आधार हो ।

·         निर्धारित सेवा समूह, उपसमूह, श्रेणीलाई आवश्यक शैक्षिक योग्यता (न्यूनतम, अधिकतम) ।

·         विशेष योग्यता (कुनै विशेष विषयको आवश्यकता, अनुभव चाहिने÷नचाहिने) ।

·         दरखास्त दिन पाउने (शुरु, अन्तिम र दोब्बर दस्तुर सहितको) मिति 

·         परीक्षा मिति र समय

·         परीक्षा केन्द्र

·         परीक्षाका लागि आवश्यक दस्तुर

·         पाठ्यक्रम

·         दरखास्त पेश गर्ने स्थान

·         खुलेको विज्ञापनमा कुन कुन स्थानबाट दरखास्त फाराम भर्न सकिन्छ

·         आफूले दरखास्त दिने विज्ञापन, सेवा समूहका हकमा आवश्यक पर्ने कागजातहरु के के हुन निक्र्यौल गरी सो को व्यवस्थापन गर्ने ।

·         विज्ञापन÷सूचनामा आफू उम्मेदवार हुनका लागि कुनै विशेष कागजात आवश्यक पर्छ÷पर्दैन ?  à¤œà¤¸à¥à¤¤à¥ˆ : समावेशी समूहमा आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र आदि स्पष्ट हुने आधारहरु, आवश्यक पर्ने अन्य कुनै सिफारिशहरु ।

·         प्रकाशित विज्ञापनमा दिएका सूचनाहरु विशेष अवस्थामा विचविचमा परिवर्तन समेत हुन सक्ने भएकाले दरखास्त फाराम भरिसकेपछि पनि आयोगको वेवसाइट, प्रकाशन एवं आयोगबाट सूचना प्रकाशन हुने अन्य माध्यमहरु समय–समयमा हेरी सूचित हुनुपर्दछ । 

 


          nf]s ;]jf cfof]u k/LIffsf nflu pkof]uL Tips !‼

Ø kf7\oqmdsf] /fd|f] hfgsf/L lnO{ ;f] sf]. kl/lw leq /xL tof/L ug]{ .

Ø kf7\oqmd cg';f/sf kf7o ;fdu|L ;+sng ug]{ .

Ø g]kfn ;/sf/sf ljleGg dGqfnox?, ;+j}wflgs c+ux? / ;+;bLo ;ldltsf k|ltj]bgx? ;+sng / cWoog ug]{ .

Ø ;d;fdflos 36gfx?sf] af/]df lgoldt hfgsf/L lng] .

Ø ;GalGwt ljifosf ljz]if1x?sf n]v /rgf lgoldt cWoog ug]{ .

Ø b}lgs Routine agfP/ k9g] / lgoldt kb\g] .

Ø ljifo cg';f/sf 5'§f 5'§} gf]6 agfpg] .

Ø k9fOdf Psfu|tf sfod /fVg] .

Ø cfTdfljZjf; a9fpg] / lgoldt cEof; ug]{ .

Ø gfd lgsfln;s]sf Seniors ;+u k/fdz{ lng] .

Ø ;dodf p7g], vfg], k9g] / ;'Tg] ug]{ . b}lgsLdf Ps?ktf sfod ug]{ , cfˆgf] :jf:Yosf] k'/f Vofn /fVg] .

Ø k/LIff lb+bf gcflQg], k|Zg ;+Vof , To;jf6 k|fKt x'g] c+s / ;dosf] lardf tfbDotf ldnfpg] .

Ø Mission Study ug]{ . ;+sNk (Determination), ;dk{0f (Dedication), s8f kl/>d(Hardwork), / w}o{tf(Patience) ;kmntfsf cfwf/ x'g .

                             RITZ g} lsg ??

v bIf Pj+ cg'ejL k|lzIfs / lj1x?4f/f ;~rflnt

v nf]s ;]jf / lzIfs ;]jfsf] Syllabus cg'?k cWofog u/fOg] / ;f]xL cg'?k Handsout ;d]t pknAw u/fOg] .

v ljutsf k/LIffx?df pTs[i6 gtLhf (Result) Nofpg ;kmn ;d"x (Team)

v nf]s ;]jfdf pTs[i6 gtLhf NofO;Sg'ePsf JolQmx?4f/f cg'ej Sharing & motivation class

v x/]s lbg After Class cfwf 306f cEof; k/LIff (Practice Exam)

v x/]s zlgaf/ Model Exam / Feedback Class k"0f{ ?kn] Standard Question Set

Education is power,One school serving all

"Educating all students to achieve today and tomorrow in a global community and economy"